back
CTIZAN AD

आम माफी पाएका सांसद अरुण चौधरी रिहा

वि.सं.२०७९ फागुन ७ आइतवार

720 

shares

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद चौधरी आइतबार बिहान कैलालीको कारागारबाट रिहा भएका हुन् । उनलाई पार्टीकी अध्यक्ष तथा सांसद रन्जीता श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

रिहा भए लगत्तै पत्रकारहरुसँग कुरा गर्दै सांसद चौधरीले राजनीतिक प्रतिशोधका कारण आफु पक्राउ परेको बताएका थिए ।

१३ वर्ष अगाडी आगजनी गरेको मुद्दामा दोषी ठहर भएका चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि गत माघ बांकेबाट १९ गते पक्राउ परेका थिए ।

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गर्दै ट्याक्टर जलाएको आरोपमा जिल्ला अदालत कैलालीले २०७० बैशाख ९ गते ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर चौधरी फरार रहेका थिए ।

वि.सं.२०७९ फागुन ७ आइतवार ११:४८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...