
ईलामाको देउमाई नगरपालिका स्थित विभिन्न देवीदेवताहरुका शिलाहरु देखा पर्न थालेका छन । इलाम जिल्लाको पश्चिमी क्षेत्रमा बग्ने देउमाई खोलाको चाचले घाटमा विभिन्न देवीदेवताका शिलाहरु देखा परेका हुन। स्थानिय धनबहादुर कार्कीले सपनामा देखेको सङ्केतको आधारमा शिलाहरु देउमाई खोलामा हेर्न विभिन्न देवी देवताका शिलाहरु फेला परेको हो । फेला परेका शिलाहरु मध्ये गणपति खराऊ, जयश्वर महादेव, कोलधारी,गणेश भगवान, शिवलिङ्ग र कछुवा लगायतका शिलाहरु रहेका छन ।
अचानक देवी देवताका शिलाहरु देखा पर्न थाले पछि स्थानीय वृद्ध वृद्धाहरुमा एक किसिमको खुसी छाएको छ । मैले राति सपनामा देउमाई खोलामा देवताहरु देखेको हु स्थानिय धनबहादुर कार्की भने सपनालाई आधारमा खोज्दै जादा देवताहरुका भेटीयो त्यसैले अत्यन्तै खुसी छु ।
शिलाहरुको संरक्षणका लागि श्रमदान गरि मन्दिर बनाउन दैनिक देउमाई नगरपालिकाका सयौ मानिसहरु लागि परिरहेको कार्कीले बताए । शिलाहरुको उत्पत्तिले त्यस क्षेत्रको पर्यटकीय विकासको लागि ठुलो टेवा पुग्ने
स्थानीय सिता चापागाई बताईन ।
पछिल्लो समयका पुस्ताहरुमा धर्मप्रति त्यति चासो नरहे पनि देउमाइका युवा देखि वृद्ध वृद्धाहरु भने धार्मीक स्थलको संरक्षणमा जुटिरहेका छन ।