back
CTIZAN AD

एक लाखसम्मको उपचार ३५ सयमा, कसरी लिने सुविधा ?

वि.सं.२०७९ फागुन ७ आइतवार

597 

shares

काठमाडाैं । सरकारले एक वर्षको निम्ति तीन हजार ५०० रुपियाँ बुझाएमा पाँच जनासम्म सदस्य रहेका परिवारको एक लाखसम्म खर्च हुने उपचार निःशुल्क गरिदिने कार्यक्रम अन्तर्गत २७ अर्ब खर्च गरेको छ।

सात वर्ष पुग्न लागेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको खर्च हो त्यो।

जसअनुसार पाँचभन्दा धेरै सदस्य रहेको परिवारले प्रति सदस्य ७०० रुपियाँ थप तिरेमा थप २० हजारसम्मको उपचार सेवा पाउन सक्ने व्यवस्था छ। ७० वर्ष उमेर पुगेका सदस्य भए प्रिमियम नतिरेरै एक लाखसम्मको उपचार पाउन सकिने व्यवस्था छ।

स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीका अनुसार देशभरका ७७ वटै जिल्लामा लागू उक्त बिमा योजनाअनुसार सेवा दिन ४५६ वटा स्वास्थ्य संस्थाहरू सूचीकृत भएका छन्।

बोर्डले कार्यक्रम सुरु भएको २०७२ सालदेखि हालसम्म बिमामा आबद्धहरूको उपचार गरिदिए बापत सम्बन्धित स्वास्थ्य संस्थालाई २७ अर्ब रुपियाँ भुक्तानी दिएको छ।

कसरी लिने सुविधा ?

व्यक्तिगत उपचार खर्च मितव्ययी र व्यवस्थित बनाइ सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सरकारले त्यो योजना सुरु गरेको हो।

प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार स्थायी ठेगाना रहेको वडास्थित दर्ता सहयोगीलाई खबर गरेपछि उनी घरै पुग्छन्।

उनले भने, “सबै सदस्यको फारम भर्ने अनि फोटो खिचेर सहयोगीले अपलोड गर्छन्। जिल्लास्थित दर्ता अधिकारीसम्म फारम पुगेपछि इन्ट्री हुन्छ। त्यसको तीन महिनापछि सेवा सक्रिय हुन्छ।”

दर्ता फारम भर्दा सूचीकृत संस्थाहरू मध्ये स्वास्थ्य सेवा लिने प्रथम सेवा विन्दु तोक्नुपर्छ।

बिरामी हुँदा सुरुमा त्यहीँ जानुपर्छ। त्यहाँ उपचार सम्भव नभए मात्र उसले सिफारिस गरेको सूचीकृत संस्थामा जान सकिन्छ।

 

सुविधा कसरी सहज रूपमा लिने ?

दर्ता गर्दा तोकिएको स्वास्थ्य केन्द्रमा जान नसक्ने अवस्था पनि हुनसक्छ। अधिकारीहरूका अनुसार खास गरी स्थायी ठेगानामा नबस्ने र बाहिर गएका बेला बिरामी हुँदा पनि स्वास्थ्य बिमा सुविधा लिन सकिन्छ।

बिमा बोर्डको अध्यक्षबाट हालै राजीनामा दिएका डा. सेनेन्द्रराज उप्रेतीका अनुसार यात्रा गरिरहेका बेला बिरामी पर्दा आपत्कालीन उपचार गर्दा पनि बिमाले समेट्छ।

उनले भने, “अस्थायी ठेगानामा बस्नेले त्यहीँको स्वास्थ्य सेवा केन्द्र छान्न मिल्छ। र पछि ठाउँ सर्दा त्यो केन्द्र पनि सार्न मिल्छ।”

तर जहिले पनि जहाँसुकैको सरकारी अस्पताल गएर सुरुमै सुविधा लिन नसकिने व्यवस्था किन गरिएको?

डा. उप्रेतीका भनाइमा नेपालमा ८० प्रतिशत स्वास्थ्य समस्याको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा गर्न सकिन्छ।

उनी भन्छन्, “साना स्वास्थ्य समस्या लिएर ठूला अस्पताल जाँदा लागत अनुसारको प्रतिफल हुँदैन। खर्च पनि बढ्छ। र, ठूलो संस्थामा हुने भिडभाड घटाउने उद्देश्य पनि हो।” बीबीसीबाट

वि.सं.२०७९ फागुन ७ आइतवार १६:४९ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...