back
CTIZAN AD

आज फागुन ८ गते सोमबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष शुभ !

वि.सं.२०७९ फागुन ८ सोमवार

639 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले काममा हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने ग्रहयोग पनि छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। गोपनीयता बाहिरिनाले फजुल खर्च बढ्नेछ। तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। थोरै लगानीबाट नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। कामबाट आम्दानी भइरहनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। व्यवसायतर्फ समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट सावधान रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुनेछ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यमा फाइदा लिन पनि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

२०७९ फागुन ८ गते, सोमवार, (२० फेब्रअरी २०२३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज फागुन ७ गते आइतबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

वि.सं.२०७९ फागुन ८ सोमवार ०७:३६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...