back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घद्वारा चुनौतीको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान

वि.सं.२०७९ फागुन ८ सोमवार

648 

shares

आदिस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका महादेश र यसका जनतालाई घेरेका बहुआयामिक चुनौतीहरूको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान गरेका छन् ।

शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महाचसिव गुटेरेसले यस महाद्वीपमा आतङ्कवाद, हिंसा, असुरक्षा र द्वन्द्वले मानव जीवन र मानव अधिकारलाई खतरामा पारेको र केही देशमा प्रजातान्त्रिक गतिविधि हराउँदै गएको बताएका छन् ।

“जीवित सङ्कटको लागत – बढ्दो खाद्यान्न र ऊर्जा लागत, जलवायु पतिवर्तनले निम्त्याएको असरले यस क्षेत्रलाई नराम्ररी गाँजेको बताउँदै महासचिवले यी कारक तत्तहरूले बाढी र घातक खडेरी निम्त्याउने बताएका छन् । उनले शान्ति–सुरक्षामा जटिलता निम्तिन सक्ने भन्दै व्यापक आतङ्कवादलगायतका अमानवीय गतिविधिहरूले यस महाद्वीपका मानिसहरूको जीवनलाई जोखिममा पारिरहेको उल्लेख गरेका छन् ।

यसैगरी महासचिव गुटेरेसले थुप्रै अफ्रिकी देशहरूलाई ऋण राहत र सहुलियतपूर्ण वित्तपोषणलाई अस्वीकार गर्ने एक निष्क्रिय र अनुचित विश्वव्यापी वित्तीय प्रणालीमा सुधार गर्नका निम्तिसमेत आग्रह गरेका छन् ।

“हामीले यस्ता जटिलतालाई सुधार गर्दै यहाँको प्राकृतिक, मानवीय, सांस्कृतिक र उद्यमशीलताको संस्कृतिलाई बढावा दिनुपर्ने धारणा राख्नु भएको छ । म विश्वलाई अफ्रिकाको लागि काम गर्न, अफ्रिकाको अर्थतन्त्रको लागि काम गर्न आह्वान गर्दछु ।” उनले भने ।

महासचिव गुटेरेसले अफ्रिकाभरि भोकमरी विरुद्ध लड्न र विश्वभरका अनेक खालका सङ्कटबाट पीडित सबैभन्दा कमजोर मानिसहरूलाई सहयोग गर्न दुई सय ५० मिलियन अमेरिकी डलरको सहयोग पनि घोषणा गरे । उनले अफ्रिकी सङ्घको नेतृत्वमा शान्ति प्रवर्तन मिसनहरू र सुरक्षा परिषद्ले अनुमानित कोषको साथमा आतङ्कवादविरोधी कार्यहरू सृजना गर्ने प्रस्ताव पनि गरेका छन् । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ फागुन ८ सोमवार ०८:३४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...