back
CTIZAN AD

जी–७ देशहरु रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत

वि.सं.२०७९ फागुन ८ सोमवार

546 

shares

म्युनिख । सात राष्ट्रहरूको समूह (जी–७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।

जापानले शनिबार जर्मनीको म्युनिखमा जी–७ को बैठक आयोजना गरेको छ । जुन बैठकमा अन्तरराष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । “मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी–७ मन्त्रीस्तरीय बैठकमा भाग लिएको थिएँ । हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौँ । त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुनेछन् जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौँ भन्ने आक्रामकताको महसुस गर्नेछ ।” दिमिट्रो कुलेबाले शनिबार ट्वीट गरेका छन् ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न समेत आग्रह गरेका छन् । प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन् । उनीहरूले मस्कोलाई अन्तरराष्ट्रिय कानुनबमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

न्युजका अनुसार हायासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

जापान यस वर्षको जी–७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी–७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । (रासस\एएनआई)

 

वि.सं.२०७९ फागुन ८ सोमवार ०८:३७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...