काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका छ छोरा र एक छोरी छन् ।
परिवारका सदस्यहरू विदेशमा रहेकाले श्रेष्ठको शव हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको र मंगलबार दाहसंस्कार गरिने बताइएको छ ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधनको खबरले अत्यन्त दुःखी छु। केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो
वि.सं.२०७९ फागुन ८ सोमवार ०८:५६ मा प्रकाशित






























