काठमाडौ । फागुन ११ गतेदेखि काठमाडौंमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेष्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले संयुक्त रुपमा आयोजना गर्दै आएको प्रदर्शनी यसपटक फागुन १४ सम्म चल्ने छ । प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर रहने छन् ।
साथै बाथरूम फिटिङ्स, पाइपहरू, टायल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिङ उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू समेत प्रदर्शनीमा रहने आयोजकले जनाएको छ ।
वि.सं.२०७९ फागुन ८ सोमवार ०९:१७ मा प्रकाशित






























