back
CTIZAN AD

दोल्ती पावरको आइपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

वि.सं.२०७९ फागुन ८ सोमवार

642 

shares

काठमाडाैं । दोल्ती पावर कम्पनी लिमिटेडले आज(फागुन ८ गते)देखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ लाख ९ हजार ४५८ कित्ता साधारण सेयरमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ अतिआयोजना प्रभावित क्षेत्र दैलेखको नौमूले र कालिका गाविसका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता तथ आयोजना प्रभावित नौमूले र कालिका गाविसकाबाहेक अन्य क्षेत्रका बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता बिक्री खुला गरेको हो ।

यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको २० प्रतिशतले हुन आउने कुल सेयरको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता निष्कासन गरेको हो।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले फागुन २५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले भने छिटोमा माघ २५ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ७ गतेसम्म बिक्री खुला गरिनेछ।

वि.सं.२०७९ फागुन ८ सोमवार ११:३३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...