back
CTIZAN AD

राष्ट्रपतिमा कसलाई अघि सार्ने ? निर्णय गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

वि.सं.२०७९ फागुन ८ सोमवार

717 

shares

काठमाडौं । राष्ट्रपति चयनको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका नेता गणेश शाहले जानकारी दिएअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजेका लागि बैठक बोलाएको छ ।

शाहले जानकारी दिएअनुसार बैठकमा राष्ट्रपति चयनलगायतका विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको उम्मेदवार सन्दर्भमा हालसम्मका छलफलबारे बिफ्रिङ्ग गर्नेछन् । जसका बारे बैठकले निर्णय लिने उनले जनाए ।

माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार चयन प्रस्ताव गरेको छ । जसबारे एमाले र नेपाली कांग्रेससहितका दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको छ ।

गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति चयनको विषयमा छलफल भएको थियो भने आइतबार साँझ कांग्रेसका शीर्ष नेताहरुसँग छलफल भएको थियो ।

माओवादीले पदाधिकारी बैठकमार्फत पछिल्ला छलफललाई आधार मानी निर्णय लिने शाहले बताए ।

वि.सं.२०७९ फागुन ८ सोमवार ११:५० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...