Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

ओलीलाई गलाउने रणनीतिमा प्रचण्ड



काठमाडौं । ‘बालकोट सहमति’को आधारमा प्रधानमन्त्री बन्न सफल भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरुवातीदेखि नै एमालेसँगको सत्ता सहकार्यलाई ‘कम्फर्टेबल’ मानिरहेका थिएनन् । प्रधानमन्त्री चयनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको फेरिएको व्यवहारले प्रचण्डलाई निकै सकस बनाएको देखिन्थ्यो । जसलाई प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारले पनि सार्वजनिकरुपमै व्यक्त गरेका छन् । उनले भनेका छन्, “एमालेसँग सत्ता सहकार्य निकै कठिन” ।

प्रधानमन्त्रीमा सहमतिपछि मन्त्री चयन प्रक्रियामा ओली निकै हाबी हुन खोजे । उनले माओवादीभित्रको राजनीतिलाई नै खल्बल्याउने गरी तत्कालिन समय रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहको जिम्मेवारी दिलाए । ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि उपप्रधानसहित महत्वपूर्ण मानिएको उर्जा मन्त्रालयको जिम्मेवारी दिलाए । ओलीले सत्ता सहकार्यको प्रयास गरेका जसपा र एसलाई नजिकसमेत आउनै दिएनन् । जसबाट प्रचण्ड ओलीप्रति निकै असन्तुष्ट बनेका थिए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत ओलीले प्रयोग गरेको राजनीतिक अस्त्रबाट पनि प्रचण्ड झस्किएका थिए । सत्ता साझेदारको ‘न्यूनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीकै कुर्सीमा विराजमान हुनुले पनि ओली कति हाबी भइसकेका थिए भन्ने स्पष्ट पार्छ ।

तर, जब प्रचण्डले कांग्रेससहित संसदका सबैजसो दलको विश्वासको मत पाए तब भने ओली झस्किए । कांग्रेससहितका दलले पनि विश्वासको मत दिनु प्रचण्डलाई ओलीको ‘घेरा’बाट मुक्त गर्नु थियो । कांग्रेसले विश्वासको मत दिँदा प्रचण्ड मात्रै शक्तिशाली भएनन् ओली निकै कमजोर भए । जसलाई कांग्रेसले राम्रोसँग बुझेको छ ।

श्वासको मत पाएपनि माओवादी सत्ता गठबन्धनबाटै बाँकी कुराहरु टुंग्याउने पक्षमा थियो । तर, ओलीको ‘नियतजन्य शैली’ले समस्या आउने जोखिमबीच माओवादीले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’को विषय उठाएको माओवादीका एक नेता बताउँछन् । “माओवादी तत्कालिन गठबन्धन तोड्ने पक्षमा थिएन, तर कांग्रेसले गलत गर्दा बाध्यात्मकरुपमा पछिल्लो गठबन्धन बन्यो”, माओवादीका एक सचिवालय सदस्य भन्छन्, “एमाले र माओवादीबीचको सहकार्य बेठिक होइन, तर ओलीको नियतजन्य शैलीले समस्या निम्तिने जोखिम छ ।”

राष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायतका पदहरु एमालेले राख्दा ओली निकै हाबी हुने त्रास माओवादीमा छ । माओवादीले यसअघिकै परिघटना दोहोरिने जोखिम देखेको छ । “विगतमा जे–जस्तो शैली ओलीले अपनाएका थिए, त्यो फेरि अपनाउँदैनन् भन्ने छैन”, उनले भनेका छन्, “सबै सुम्पिँदा उनको व्यवहार के होला, त्यो कल्पना गर्न सकिने अवस्था छैन ।”

माओवादी राष्ट्रपति पद कुनै हालतमा एमालेलाई नदिने रणनीतिमा छ । हालकै शक्ति सन्तुलन कायम राखिराख्ने र आफु निर्णायक बनिरहने रणनीति पनि माओवादीले लिएको छ । ती नेता भन्छन्, “अहिलेको गठबन्धन कायम राख्नु आवश्यक छ, तर राष्ट्रपति एमालेलाई कुनै हालतमा दिनु हुँदैन ।”

माओवादीले माधवकुमार नेपाललाई पनि अघि सार्ने तयारी गरेको छ । कांग्रेससँगको सहमतिमा त्यस्तो निर्णय गर्न सके शक्ति सन्तुलन मिल्ने माओवादीको बुझाई छ । माओवादी अहिले ओलीलाई गलाउँदै लैजाने र एमाले इतरको पात्रलाई राष्ट्रपति बनाउँदै गठबन्धन कायम राख्ने रणनीतिमा छ । तर, माओवादीको यो रणनीति सफल होला या नहोला ? हेर्न बाँकी नै छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम