काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उतार चढाव आइरहेको छ । केही समययता सुनको मूल्य प्रतितोला १ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा १ लाख ३ हजारमा कारोबार भएको सुनको भाउ आजको बजारमा भने प्रतितोला २०० ले बढेको हो ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १२:४६ मा प्रकाशित






























