back
CTIZAN AD

दाेहाेराे अंकले घट्यो सेयर बजार

वि.सं.२०७९ फागुन ८ सोमवार

699 

shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब ४ अङ्कले घटेर ३९१.५४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ९४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको सोमबार २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन ११ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ ।

सोमबारको १३ उपसुचकहरु मध्ये म्युचुआल फण्ड र ट्रेडिङ बाहेक सबै कम्पनीमा आरालो लागेको छ।

आजको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर कारोबार १० प्रतिशतले बढेको छ।

वि.सं.२०७९ फागुन ८ सोमवार १७:३० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...