back
CTIZAN AD

माओवादी केन्द्रले दियो राष्ट्रपति बारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

वि.सं.२०७९ फागुन ८ सोमवार

639 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति बारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

राष्ट्रपति बारे निर्णय गर्न पार्टी कार्यालय पेरिसडाँडामा सोमबार अपरान्ह बसेको सो पार्टीको पदाधिकारी बैठकले राष्ट्रपति बारे निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले बैठकमा पछिल्लो समयमा उत्पन्न राजनीतिक परिस्थितिबारे बैठकमा विश्लेषण भएको र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमा छलफल भएको समेत बताएका छन् । प्रवक्ता महराका अनुसार यद्यपी राष्ट्रपतिमा यहि व्यक्ति भन्ने विषयमा भने छलपल भएन ।

महराले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादी केन्द्रको स्वार्थका लागि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको बताएका छन् ।

‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ । गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने यी तीनवटा नै हाम्रो मुख्य स्वार्थ हो,’ प्रवक्ता महराले भने, ‘तर्सथ अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टीका अध्यक्षलाई दिइयो ।’

गत पुष १० गते सात राजनीतिक दलबीच भएको सहमतिमा सभामुख माओवादी र एमालेले आधा–आधा कार्यकाल चलाउने र राष्ट्रपति पूरै पाँचवर्ष एमालेले लिने भन्ने सहमति भएपनि पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडान राख्दै आएको छ । उसले राष्ट्रपतिको उम्मेदवार तटस्थ भूमिका निर्वाह गर्न सक्ने र राष्ट्रिय सहमतिको व्यक्ति हुनुपर्ने माओवादी केन्द्रले बताउँदै आएको छ ।

वि.सं.२०७९ फागुन ८ सोमवार २१:११ मा प्रकाशित

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...