काठमाडौं । टर्किमा सोमबार राति फेरि ६.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
टर्किलाई केन्द्रबिन्दु बनाउँदै १४ दिन अघि सिरियामा समेत गएको ८.४ रेक्टरको भूकम्पका कारण ४७ हजारको मृत्युको पीडा सेलाउन नपाउँदै सोमबार राति फेरि ३ जनाको ज्यान जानेगरी ६.४ रेक्टरको भूकम्प गएको समाचार ऐजेन्सीले जनाएका छन् । उक्त भूकम्पमा परी २९४ जना घाईते भएका छन् ।
भूकम्पको धक्का सिरिया, लेवनान र साइप्रसमा पनि महसुस गरिएको थियो भने त्यस लगत्तै धेरैपटक पराकम्पन महसुस गरिएको थियो ।
गत ६ फरवरीमा टर्किलाई केन्द्रबिन्दु बनाउँदै गएको गएको ३ ठूला भूकम्पका कारण टर्कि र सिरियामा ज्यान गुमाउनेको संख्या ४७ हजार पुगेको छ ।
वि.सं.२०७९ फागुन ९ मंगलवार ०८:३२ मा प्रकाशित






























