काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराजले नेपाल ओलम्पिक कमिटीसँग सहकार्य गरेको छ ।
दराजले एसियाली खेलकुद फन रनमा सहभागी हुँदै एसियाली खेलकुद र नेपालमा ओलम्पिकको प्रवर्द्धन गर्न ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ह्याङझाउ एसियाली खेल आयोजक समिति, नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर एसियाली खेलकुद फन रन आयोजना गरेको हो ।
ओलम्पिकमा दराजले आफूलाई अभियानको लाभार्थी र उत्साही समर्थक रहेको दाबी गरेको छ ।
फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये १४ धावकहरू दराजबाट सहभागी थिए ।
कार्यक्रम गत शुक्रबार बिहान साढे ६ बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो । दौडमा पाटन हुँदै करिब साढे ३ किलोमिटर दुरी थियो ।
कार्यक्रमले सहभागीहरूलाई शारीरिक गतिविधिमा संलग्न हुँदै सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर जुराएको आयोजकको भनाइ छ ।
वि.सं.२०७९ फागुन ९ मंगलवार ०९:०२ मा प्रकाशित






























