back
CTIZAN AD

नबिलले आफ्ना शाखामा महिला उद्यमीका लागि स्टल उपलब्ध गराउने

वि.सं.२०७९ फागुन ९ मंगलवार

594 

shares

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी भएको छ । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि उक्त साझेदारी भएको हो ।

साझेदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए । यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।

एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् ।

यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकले जनाएको छ ।

वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने बैंक बताउँछ । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङको शुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट शुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा बिस्तार गरेको छ ।

 

वि.सं.२०७९ फागुन ९ मंगलवार ०९:१६ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...