back
CTIZAN AD

एनसेलद्वारा पुल्चोक क्याम्पसमा अध्ययनतर १८ जना विद्यार्थीलाई छात्रवृत्ति

वि.सं.२०७९ फागुन ९ मंगलवार

615 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनरत उत्कृष्ट १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको कम्पनीले जनाएको छ ।

एनसेलको मुख्य कार्यलय लैनचौरमा आयोजित सम्मान कार्यक्रममा अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, एनसेलका व्यवस्थापनका सदस्य र अन्य पाहुनाहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

यस वर्ष अर्थात २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो । पुल्चोक क्याम्पसका क्याम्पस चिफ एसोसियट प्रा.डा. ईन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए ।

एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज विजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । इन्जिनियरिङ अध्ययन संस्थानका कार्यबाहक डिन प्रा.डा. शुशिल बज्राचार्यले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानबाट विद्यार्थीलाई प्रोत्साहन गरेकोमा धन्यवाद दिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थानसँगको सहकार्यमा २०७१ सालदेखि विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा उनीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पु¥याउन पाएकोमा खुसी लागेको बताए ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ ।

 

वि.सं.२०७९ फागुन ९ मंगलवार ०९:१९ मा प्रकाशित

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...