back
CTIZAN AD

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा धेरै सुधार, गर्न थाले दोहोरो संवाद

वि.सं.२०७९ फागुन ९ मंगलवार

555 

shares

काठमाडौं। खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारी मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । उनका अनुसार उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘फागुन–९ बिहान १०.१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ। साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १६:०४ मा प्रकाशित

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...