काठमाडौं । बेल्जियममा रहेका सामाजिक अभियन्ता दामोदर आचार्यले राष्ट्रपतिमा उपर्युक्त पात्र डा. देवेन्द्रराज पाण्डे भएको बताएका छन् ।
लुम्बिनी कपिलवस्तु दिवस अभियानका युरोप सल्लाहकार तथा बेल्जियमका पूर्वसभापति आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको व्यक्तित्व हुनुपर्ने बताउँदै त्यसका लागि छलफल र संवादमा जुटेका बेला पाण्डे उपर्युक्त पात्र भएको विचार व्यक्त गरेका हुन् ।
‘मेरो ठम्याईमा राष्ट्रपतिको लागि सबैभन्दा उपयुक्त पात्र डा देवेन्द्रराज पाण्डे हुनुहुन्छ । उहाँले इच्छा गर्नुहुन्छ वा हुदैन त्यो विषयमा तत्काल राजनीतिक दलहरूले उहाँसमक्ष निवेदन गर्न ढिला गर्नु हुदैन ।’ आचार्यले भनेका छन् ।
उनले राष्ट्रिय स्वार्थमा राजनीतिक नेतृत्वहरु अब पनि एकाकार हुन नसके देश अर्को जनविद्रोहतर्फ उन्मुख हुने स्पष्ट तस्बिर आफुले देखेको समेत बताएका छन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:१३ मा प्रकाशित






























