back
CTIZAN AD

पच्चीसबुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय चुम्लुङ बैठक

वि.सं.२०७९ फागुन ९ मंगलवार

573 

shares

चितवन । किराँत याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा बैठक भएको थियो ।

चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन लिम्बूको अध्यक्षतामा सम्पन्न बैठकले पवित्रस्थल पाथीभरको पुरानो नाम मुक्कुम्लुङ राख्न माग गरेको छ ।

प्रदेश नं १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न, निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गर्नुपर्ने, नेपाली भाषा सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोतसाधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बू÷याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउनसमेत बैठकले माग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् ।

बैठकमा १३ जिल्लाका दुई सय ८८ जना प्रतिनिधिको सहभागिता रहेको चुम्लुङका जिल्ला अध्यक्ष जनक लिम्बूले बताए । नेपालमा लिम्बू समुदाय तीन लाख ८७ हजार तीन सय रहेको छ । चितवनमा आठ सयदेखि एक हजार बीचमा सो समुदायका जातिको बसोबास रहेको छ ।

वि.सं.२०७९ फागुन ९ मंगलवार १६:४५ मा प्रकाशित

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

पालिकाले दियो एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा...