back
CTIZAN AD

पम्फा भुसाल भन्छिन्– संसद् विघटन गर्ने भूमिका भएको राष्ट्रपति जनताले खोजेका छैनन्

वि.सं.२०७९ फागुन ९ मंगलवार

777 

shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संवैधानिक भूमिका तटस्थ हुने खालको राष्ट्रपति जनताले चाहेको बताएकी छन् । ‘न्युट्रल’ भूमिका हुने राष्ट्रपति राष्ट्रिय सहमतिकै आधारमा चुनिनेसमेत उनले बताएकी छन् ।

माओवादीको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को प्रदेश सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै राष्ट्रपतिले अभिभावकीय भूमिका निभाउन नसकेको पनि आरोप लगाइन् ।

उनले राष्ट्रपति भण्डारी नाम उच्चारण नगरे पनि दुई/दुई पटक संसद्को विघटन गरेको आरोप लगाइन् । उनले संसद् विघटनको कुरा उठाउँदै सेरेमुनियल निकाय कार्यकारीको जस्तो भूमिका खेल्न सक्ने अनुभूत नेपाली जनतामा हुनुपर्ने बताइन्।

‘संवैधानिक भूमिका बडो न्युट्रलको हुनुपर्छ भन्ने जनताको माग छ । दुई दुई पटक संसद्को विघटन भयो । सांसदले दुई दुई पटक पास गरेर पठाएका विधेयक पास भएनन् । आवश्यक अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएर नचाहिँदा अध्यादेश मध्यरातमा पनि स्वीकृत भए’, उनले भनिन् ।

आवश्यक पर्ने अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किरहेकाले पनि न्युट्रल भूमिकाको राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा बनाउनुपर्नेमा आफ्नो पार्टीको जोड रहेको बताइन् ।

‘आम जनताको चासो आम बुद्धिजीवीको चासो पनि राष्ट्रिय सहमतिमा हुनुपर्छ भन्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसैमा जोड दिनुभएको छ,’ उनले भनिन् ‘अब ३-४ दिनभित्र नै यसको टुंगो लाग्छ ।’

वि.सं.२०७९ फागुन ९ मंगलवार १७:१० मा प्रकाशित

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन । नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...