back
CTIZAN AD

बढ्दै द्वन्द्व : अमेरिकासँगको आणविक सन्धि स्थगन गरेकाे पुटिनको घोषणा

वि.सं.२०७९ फागुन ९ मंगलवार

762 

shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा कदमको घोषणा गरेका छन् । उनले अमेरिकासँगको एकमात्र बाँकी रहेको आणविक सन्धि पनि स्थगित बताएका छन् ।

यो सन्धि ‘न्यू स्टार्ट न्यूक्लियर ट्रीटी’ भनेर चिनिन्थ्यो। पुटिनले अमेरिकाले आणविक हतियार परीक्षण गरे रुस पनि त्यसै गर्न तयार रहेको बताए ।

परमाणु सन्धि दुई देशबीच २०१० मा सहमति भएको थियो। यो रुस–अमेरिकाबीचको एकमात्र परमाणु सन्धि थियो। पुटिनको घोषणासँगै सन्धि स्थगन भएको छ । यो सन्धि दुवै पक्षको रणनीतिक आणविक हतियार सीमित गर्न गरिएको थियो।

आफ्नो सम्बोधनमा रुसी राष्ट्रपतिले युक्रेनका जनता अमेरिकी शक्तिको बन्धक बनेको बताएका छन् । पश्चिमी देशहरूले युक्रेनको राजनीति, अर्थतन्त्र र सेनामाथि कब्जा जमाएको उनले बताए ।

पुटिनले युक्रेनको वर्तमान सरकारले आफ्नो देशको हित नदेखेको र विदेशी शक्तिको हितमा काम गरेको आरोप लगाए । एजेन्सीबाट

वि.सं.२०७९ फागुन ९ मंगलवार १७:४३ मा प्रकाशित

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...