back
CTIZAN AD

फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त

वि.सं.२०७९ फागुन १० बुधवार

630 

shares

टोकियो ।  जापान सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ ।

योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ । क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ । प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र “मध्यम रूपमा उठिरहेको” सरकारले आफ्नो मासिक मूल्याङ्कनमा उल्लेख गरेको छ ।

प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अङ्गहरूको मूल्याङ्कनलाई भने यथावत् कायम राखेको छ । साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ ।
जारी विश्वव्यापी मौद्रिक कडाइ र अन्य कारकहरूका बीचमा विदेशी अर्थतन्त्रको सुस्तता जापानी अर्थतन्त्रका लागि नकारात्मक जोखिमको रूपमा लिइएको पनि प्रतिवेदनमा उल्लेख छ ।(रासस/सिन्ह्वा)

वि.सं.२०७९ फागुन १० बुधवार ०८:०१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...