back
CTIZAN AD

पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो : राष्ट्रपति पुटिन

वि.सं.२०७९ फागुन १० बुधवार

654 

shares

मस्को । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले “पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गर्नु भएको छ ।”

“हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ,” राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा मङ्गलबार सो धारणा राखेका हुन् ।

उनले भने, पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २.१ प्रतिशतले घटेको छ । यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।

रुसको अन्तरराष्ट्रिय बस्तीमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताएका छन् ।

“प्रतिबन्धको सुरुआत गर्नेहरूले आफैँलाई सजाय दिइरहेका छन् । उनीहरूले आफ्नै देशहरूमा मुद्रास्फीति, रोजगारी गुमाएका छन् । उद्योगहरू बन्द भई ऊर्जा सङ्कट निम्त्याइ रहेका छन् । तर उनीहरूले आफ्ना सबै कमजोरीको कारण रुसलाई थोपर्ने गरेका छन्,” पुटिनको टिप्पणी छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ फागुन १० बुधवार ०८:०४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...