back
CTIZAN AD

लघु बीमालाई ४५ दिनभित्र तोकिएको पुँजी पुर्याउन प्राधिकरणको निर्देशन

वि.सं.२०७९ फागुन १० बुधवार

720 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई ४५ दिनभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

प्राधिकरणले लघुबीमा सञ्चालन अनुमति पत्र (लाइसेन्स) का लागि स्वीकृति पत्र बुझेको मितिले ४५ दिन भित्र तोकिएको चुक्ता पुँजी पु¥याउन लघुबीमा कम्पनीहरुलाई निर्देशन गरेको हो ।

कम्पनीहरुले फरक–फरक मितिमा स्वीकृति पत्र लिएकाले सोही मितिका आधारमा चुक्ता पुँजी पु¥याएर आउन ४५ दिनको समय दिइएको प्राधिकरणका प्रवक्ता समेत रहेको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

हाल छनोट भएका लघु बीमा कम्पनीहरू रजिष्ट्रारको कार्यालयमा दर्ता भएर आएपछि चुक्ता पुँजी पुर्याउन निर्देशन दिइएको हो । विधि प्रक्रिया अनुसार अनुमति पत्र प्राप्त गरेका कम्पनीहरुले दर्ता प्रमाण लिएपछि तोकिएको चुक्ता पुँजीसहित लघुबीमा ऐन अनुसार प्राधिकरणले व्यवसाय सञ्चालनको प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्छ ।

लघुबीमा ऐन, २०७९ अन्तर्गत लघुबीमा कम्पनी सञ्चालनका लागि कम्तीमा ७५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था रहेको छ । सो मध्ये कम्पनीहरुले संस्थापक समूहतर्फको चुक्ता पुँजी ७० प्रतिशत जुटाउनुपर्ने ऐनले व्यवस्था गरेको छ ।

बीमा प्राधिकरणले गत साउन ३१ गते लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै सातवटा प्रदेशमा कम्तीमा एउटा एउटा लघुबीमा रहने गरी लघुबीमा कम्पनीको दरखास्त आह्वान गरेको थियो ।

जसमा ३१ वटा कम्पनीको आवदेन दिएकामा ३ वटा जीवन लघुबीमा र ४ वटा निर्जीवन लघुबीमा छनोटमा परेका छन् । अनुमति पाउने लघुजीवन बीमामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छन् ।

वि.सं.२०७९ फागुन १० बुधवार ०८:४२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...