काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
वि.सं.२०७९ फागुन १० बुधवार ०८:४५ मा प्रकाशित






























