काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
राष्ट्रपति पदका लागि निरन्तर छलफल र संवादमा रहेका प्रधानमन्त्री र अध्यक्ष ओलीबीच आज पनि सोहि विषयमा छलफल हुने बताइएको छ ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता र २५ गते हुने निर्वाचनका विषयमा उनीहरुबीच एक्लाएक्लै वार्ता भइरहेको स्रोतले जनाएको छ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता गराउने समय तीनदिन मात्रै बाँकी रहँदा सत्ता पक्ष र विपक्षी दलहरुबीच राष्ट्रपतिको उम्मेदवार कस्लाई बनाउने भन्ने विषयमा दौडधुप बढेको छ ।
गत माघ २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा आफुलाई सघाउन भन्दै केही दिन अगाडि सभापति शेरबहादुर देउवासहित शिर्षनेताहरु प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उता एमालेले माओवादी र काग्रेसबीच समिकरण हुन नदिन एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव अघि सारेको छ ।
वि.सं.२०७९ फागुन १० बुधवार ११:३५ मा प्रकाशित