
काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले अर्थमन्त्रालयको कामप्रति गुनासो गरेका छन् ।
आविस्कार केन्द्रले अर्थमन्त्रालयमा थन्किएर बसेका पुराना गाडीहरु अनुसन्धानका लागि अनुमति मागेको र लामो समयसम्म पनि अनुमति नदिएको भन्दै पुनले गुनासो गरेका हुन् ।
‘हाम्रो अर्थ मन्त्रालयले यस्तो चालले खोई के गरि खाला ? कसैले नियम अनुसार नै धुल्याएको अर्थात कवाडी बनाएको पुराना गाडी राष्ट्रिय आविष्कार केन्द्रलाई दिन खोज्दा र हामीले ति गाडीहरु अनुसन्धानको लागी पाउँ भनेर अनुमति माग्दा पनि त्यो अनुमति लामो समय सम्म पाइएको छैन ।
मैले हिजो अर्थ मन्त्रालयमा गएर बुझ्दा निबेदनमा टिप्पणी उठाउने केहि कर्मचारीहरुले त्यो गाडी दिन हुन्न भन्ने र केहि कर्मचारीले दिए पनि हुन्छ भन्ने कुरामा अड्केर आविष्कार केन्द्रको निवेदनको कागजी प्रक्रिया अगाढी बढेको रहेनछ ।
जाबो कबाडी गाडी दिनको लागी पनि अल्झ्याउने कर्मचारीहरुले अरु नै ठुला ठुला कुराको लागी राष्ट्रिय आविष्कार केन्द्रले अनुमति र सहयोग मागेको भए पाउने कुरा ता शुन्य नै हुने रहेछ नि । जनताहरुले यो कुरा बुझ्नुहोस् । अनि स्वच्छ नेताहरुले र सक्षम प्रशासकहरुले त्यस्ता छोटो बुद्धि र साँगुरो सोचाई भएका कर्मचारीहरुलाई पहिचान गरेर हटाउने चलन चलाउनु होस् ।
नोटः राष्ट्रिय आविष्कार केन्द्रलाई मदत गर्नुपर्छ भन्ने कर्मचारीहरु पनि निकै हुनु हुन्छ । उहाँहरुले मैले यसो भन्यो भनेर चित्त नदुःखाउनु होला । मैले त छोटो बुद्धी र साँगुरो सोचाइ भएकाहरुलाई मात्र भने को हो ।’ पुनले सामाजिक संजालमा लेखेका छन् ।