back

सडक आयोजनाको बेथिति अन्त्य गर्न सांसद कार्कीको आग्रह

वि.सं.२०७९ फागुन १२ शुक्रवार

216 

shares
NTC AD

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सासद डा. तोषिमा कार्कीले काठमाडौं उपत्यकाका सडक निर्माणमा देखिएका बेथिति कहिले अन्त्य हुन्छ भन्ने प्रश्न गरेकी छन् ।

शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद कार्कीले काठमाडौं उपत्यकामा त्यसमा पनि ललितपुर जिल्लाका जनताले सडक निर्माणमा देखिएका बेििथतिको मार खेप्नु परेको भन्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् ।

कार्कीले नख्खु भैसापाटी सडक तथा ६ वर्षदेखि अलपत्र रहेको चुनिखेल फर्सिडोल सडक, सातदोवाटो–चापागाउँ कान्तिराजपथ मुआब्जाको कारण रोकिएकाले त्यहाँ जनताले शास्ति खेप्नु परेको भन्दै ध्यानाकर्षण गराएकी थिइन् ।

‘सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कस्को स्वाार्थ हो ? ठूला ठेकेदारको मिलेमतो र दवाव हो, राज्यका निकाय कहिले जिम्मेवार हुने ?, यो कमजोरी मात्रै होइन, आम जनतामाथि अपराध हो ।’ कार्कीले भनिन् ।

कार्कीले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउँदै भनिन्–‘सार्वजनिक निर्माणको यो ढिला र बेतिथि अविलम्ब समाधान गरियोस् ।’

वि.सं.२०७९ फागुन १२ शुक्रवार १४:२८ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...