वसन्त अनुभव, घोराही, दाङ
‘जति भनेपनि तिमीलाई हुँदैन है, छोरी । यस्तो छोटो कपडा नलगाउँ भनेर । यस्तो छाडा बनेर हिँडेको मलाई पिटिक्कै मन पर्दैनँ ।’ कृष्णले छोरीलाई हका¥यो ।
‘त्यस्तो छाडा हुने गरी के लगाएकी छु र ? त्यत्तिकै रिसाउनु हुन्छ ।’ छोरीले चित्त दुखाई ।
‘म केही कुरा सुन्न चाहन्नँ । बस् ! शरीर पुरै ढाक्ने गरी कपडा लगाऊ । फेरि यस्तो देखे राम्रो हुनेछैन ।’ रिसाउँदै कृष्णले चेतावनी दियो । त्यसपछि फन्किदै ऊ घरबाट तनावमा निस्कियो । तनाव कम गर्न भनी डान्स वारमा छि¥यो ।
‘वाउ ! क्या सेक्सी फिगर । आइ लाइक इट ।’ अर्धनग्न किशोरी नर्तकीको वक्षस्थल नियाल्दै ऊ लर्बरिएको स्वरमा बोल्यो । अनि हजारको नोट झिकेर नर्तकीको वक्षस्थलमा घुसारिदियो ।
वि.सं.२०७९ फागुन १३ शनिवार ०९:३२ मा प्रकाशित