back

नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेको छ-रामचन्द्र पौडेल

वि.सं.२०७९ फागुन १३ शनिवार

432 

shares
NTC AD

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सहित देशका सबै राजनीतिक दलले आफुमाथि सद्भाव र अपार स्नेह राखेको बताएका छन् ।

शुक्रबार बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि सो पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उक्त निर्णयपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले भने–‘नेपाली कांग्रेसले मात्र होइन, सबै पार्टीले म माथि सद्भाव राखेका छन् । र नेपालको राजनीतिक जगतले म माथि सद्भाव र अपार सहानुभति राखेको मैले अनुभव गरेको छु ।’
संसदमा रहेका सबै दल, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा रहेका सबै दलको अपार सहानुभुति र सद्भाव रहेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपति तथा संविधानको रक्षकको हैसियतको जिम्मेवारी पूरा गर्ने प्रयासमा कांग्रेसबाट प्रथम चरणमा एउटा प्रेरणा पाएको बताए ।

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपूर्व अद्धितीय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौती आएको छ ।’ पत्रकारहरुसँगको बोल्दै नेता पौडेलले भने ।

नेता पौडेलले संविधानको संरक्षण, रािष्ट्रयताको सम्बद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेखको अभिभारा र जिम्मेवारी आफुलाई आउन लागेको बताए ।

‘यसप्रति म सचेत छु र सबै सबै नेपालीलाई भन्न चाहान्छु, हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौ र संविधानको रक्षा गरौं । सात दशक लडेर प्राप्त गरेको व्यवस्थाको टुंगो लगाउन सफल भएका छौं यसको महत्व बुझौं,’ पौडेलले भने, ‘यसमाथि खेलवाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास हुन् । त्यसबाट सबै नेपाली सजग हुनुपर्छ ।’

 

वि.सं.२०७९ फागुन १३ शनिवार १२:११ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...