काठमाडौं । प्रतिनिधि सभाद्वारा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकले जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद रहेकी झापाकी सहनाजको मृत्युमा शोक प्रस्ताव पारित रगेको हो ।
उक्त शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । साथै प्रतिनिधि सभाको अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।
झापाकी स्थायी बासिन्दा तथा जसपाकी केन्द्रीय सदस्य समेत रहेकी सांसद सहनाजको शनिबार ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।
वि.सं.२०७९ फागुन १५ सोमवार १३:५५ मा प्रकाशित




























