back

रास्वपाको बैठक, सरकारलाई दिएको समर्थन कायमै

वि.सं.२०७९ फागुन १५ सोमवार

438 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

सोमबार बसेको सो पार्टीको बैठकले चितवन २ को उपनिर्वाचन लगायतका विषयमा छलफल तथा निर्णय गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै निर्णय गरेको छैन ।

बैठकले माघ २२ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयलाई यथावत राख्ने बताएको छ । सो पार्टीको २२ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थन भने यथावत राख्ने निर्णय गरेको थियो ।
पुष १० गतेको बसेको सात दलीय गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो ।

सो गठबन्धनमा रहेको रास्वपाका सभापति तथा तत्कालीन गृहमन्त्री रवी लामिछाने नागरिकता विवादमा मुछिएपछि उनले दुवै पदबाट राजीनामा दिएका थिए । पार्टी सभापतिको राजीनामासँगै रास्वपाबाट बनेका अन्य तीन मन्त्रीले पनि माघ २३ गते प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

वि.सं.२०७९ फागुन १५ सोमवार १४:१५ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...