back

न्युर्योकमा प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस मनाइयो

वि.सं.२०७९ फागुन १५ सोमवार

513 

shares
NTC AD

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजनामा “नेपालका प्रथम सहिद लखन थापामगरको १४६ औं स्मृति दिवस” मनाइएको छ ।

गत फेब्रेअरी १९ मा एक कार्यक्रमको आयोजना गरी प्रथम सहिद थापामगरको योगदानको सम्मान तथा स्मरण स्वरुप स्मृति दिवस मनाइएको हो ।

सो स्मृति दिवस कार्यक्रममा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्वअध्यक्षहरू, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र सदस्य संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

फिप्नाकी महासचिव टोमा लामाले नेपालको प्रथम सहिद लखन थापामगरको योगदान स्मरण तथा चर्चा गर्नुको साथै सरकारले नेपालको प्रथम सहिद भनी घोषणा गरेपनि व्यवहारमा लागु नगरेकोमा दुःख व्यक्त गरिन् ।

पछिल्लो चरणमा नेपालमा त्यो वा यो को नाममा सहिदहरु थपिँदै गए पनि लखन थापा मगर जस्ता सच्चा सहिदहरुको उच्च मूल्यांकन नेपाल सरकारले नगरेको उनले बताइन् ।

फिप्नाका अध्यक्ष राज कुमार बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने उपस्थित् सबैले प्रथम सहिद थापामगरको योगदानलाई स्मरण गर्दै आ–आफ्नो मन्तव्य राखेका थिए ।

मन्तव्य राख्नेमा गुरुङ (तमु) सोसाइटी इंक अमेरिकाक अध्यक्ष तोरन गुरुङ, तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङ, मगर संघ अमेरिका अध्यक्ष कुलदीप रानामगर, जिरेल संघ अमेरिकाका अध्यक्ष शान्ति जिरेल, नेवा गुठीका अध्यक्ष विजयमान सिंह, थारुज एण्ड फ्रेण्ड एशाोसियसनका उपाध्यक्ष दीपक चौधरी, फिप्नाका सभामुख शुर्वण कुमार शाक्य, उपसभामुख गोमा योञ्जन, न्यूयोर्क राज्यका लागि नेपाल सरकारको पर्यटन सदभावनादूत केशव राम राई र फिप्नाका पूर्व सल्लाहकार तेञ्जिन उक्याव लगायतका थुप्रै व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।

मन्तव्यका क्रममा उनीहरुले क्रममा नेपाल सरकारले लखन थापामगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गरेतापनि सोही हिसाबले मान्यता तथा जुन हिसाबले देशव्यापी रुपमा लखन थापागरको स्मृति दिवस मनाउनु पर्ने हो त्यो नभएकोमा दुःख व्यक्त गरेका थिए ।

उनीहरुले यस विषयमा सबैले आवाज उठाउनु पर्ने आवश्यक रहेको बताए । उनीहरुले जबसम्म देशव्यापी रुपमा प्रथम सहिद भनी स्मृति दिवस मनाइदैन तवसम्म सबैले दवाव दिनुपर्ने र जनमानसमा जानकारीको लागि आगामी दिनहरुमा अझ बृहत रुपमा स्मृति दिवस मनाउन जरुरी रहेको कुरा राखेका थिए ।

कार्यक्रममा सहिद थापामगरको सपनालाइै साकार बनाउन लाग्नुपर्ने भनाई राखेका थिए ।

कार्यक्रममा फिप्नाका सभामुख शुर्वण कुमार शाक्यले नेपाल सरकारले थापामगरलाई नेपालको प्रथम सहिद भनी घोषणा गर्ने तर प्रथम सहिदको दिवस चाहिँ नमनाउने व्यवहारमा किन नउतारेको भन्ने प्रश्न समेत गरेका थिए ।

अन्तमा कार्यक्रममा अध्यक्ष राजकुमार बिष्टले उपस्थित् सबैलाई धन्यबाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि सहिद थापामगरको स्मृति दिवस अझ भव्यरुपमा मनाउने प्रयत्न गर्नुको साथै नेपाल सरकारलाई दबाव दिने तथा ध्यानाकर्षण गराउने बताए ।

वि.सं.२०७९ फागुन १५ सोमवार १८:२२ मा प्रकाशित

ADBL AD
अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिका । नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको...

नर्वेमा हरितालिका तिज सम्पन्न

नर्वेमा हरितालिका तिज सम्पन्न

प्रेम परियार, ओस्लो । नेपाली पोर्चुगिज समाज नर्वेको आयोजनामा राजधानी...

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

सेसेल्स । हरेक वर्ष झैं यस वर्ष पनि गैर आवासीय...

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता,...

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय...

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

काठमाडौँ । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव...