Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

मोटोपना घटाउन के गर्ने ? डा. ओममुर्ति अनिलका ८ टिप्स यस्ता



वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले तौल घटाउन असम्भव नभएको बताएका छन् । तर, त्यसको लागि निरन्तर प्रयास हुनुपर्ने उनको भनाई छ ।

उनले मोटोपना भएमा के गर्ने भन्नेबारे आफ्नो सुझाव पनि अघि सारेका छन् । उनकाअनुसार मोटोपना भएमा ध्यान दिनुपर्ने कुरामा खानेकुरादेखि व्यायामसम्म रहेका छन् । उनले अघि सारेका ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्–

१. प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुपर्छ ।

२. प्रतिदिनदको हिँडाईमा १० देखि २५ प्रतिशसम्म बढाएर बढि क्यालोरी खर्च गर्नुपर्छ ।

३. तपाईको तौल र चाहिने तौल पत्ता लगानुहोस् ।

४. मोटोपना भएमा प्रति महिना १ किलोको दरले तौल घटाउने योजना बनाउनुहोस् ।

५. वर्षमा १० किलो भन्दा बढि तौल घटाउनुहुँदैन् ।

६. चिल्लो र गुलियो खाना कम खानुहोस र फलफुल तथा सागसब्जी बढि खानुहोस् ।

७. सुगर, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्नुहोस् ।

८. प्रयास गरेपनि तौल घटेन भने निराश नहुनुहोस । शुरुको १/२ महिनामा तौल नघट्न सक्छ र पछि निरन्तर प्रयास गर्दा घट्न थाल्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम