Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

चार सय ज्येष्ठ नागरिक सम्मानित



२७ चैत, फलेवास (पर्वत)  । यहाँको एक रेडियोद्वारा विकट गाउँका ४०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

विगत सात वर्षदेखि कुश्माबजारमा महिलाको मात्र व्यवस्थापनमा सञ्चालित सामुदायिक रेडियो दिदीबहिनी पर्वतले जिल्लाको मोदी गाउँपालिकाका वृद्धवृद्धालाई सम्मान गरेको हो । शनिबार पातीचौरमा आयोजित एक कार्यक्रममा वृद्धवृद्धालाई दोसल्ला, नगद र फलफूलले सम्मान गरिएको रेडियोका अध्यक्ष सांसद कल्पना चापागाईंले जानकारी दिनुभयो ।
रेडियोले सामाजिक दायित्वअन्तर्गत आफ्ना स्रोतालाई सम्मान गरेको र यो सम्मानले वृद्धवृद्धामा आत्मसम्मान र हौसला बढेको सांसद चापागाईंले जानकारी दिनुभयो ।

रेडियोले गत फागुनमा सञ्चालित पश्चिमाञ्चल महिला महोत्सवको अवसरमा पनि जिल्लाभरका ३०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । दैनिक सूचना, समाचार र मनोरञ्जन मात्र नभई वृद्धवृद्धासँग प्रत्यक्ष सञ्चारमाध्यमलाई जोड्ने प्रयास गरेको रेडियोले जनाएको छ ।

सम्मान पाएका वृद्धवृद्धाले सधँै समाचार र गीतसङ्गीन सुनाउने रेडियोेले गाउँमै आएर सम्मान गरेकोमा आफूहरु हर्षित भएको प्रतिक्रिया दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.