back

बैतडीका युवाको मृत्यु प्रकरण : १२ जना पक्राउ

वि.सं.२०७९ फागुन १६ मंगलवार

315 

shares
NTC AD

बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए । शनिबार आफ्नो घर दशरथचन्द –१० खडेनीबाट वनभोज मनाउने भन्दै उनी ११ साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए ।

file-photo

 

वि.सं.२०७९ फागुन १६ मंगलवार १७:४० मा प्रकाशित

ADBL AD
सुख्खा पहिरो झर्दा सडक अवरुद्ध, पहिरो नरोकिँदा सडक खुलाउन समस्या

सुख्खा पहिरो झर्दा सडक अवरुद्ध, पहिरो नरोकिँदा सडक खुलाउन समस्या

चैनपुर (बझाङ) । बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक...

दुग्द्य किसानलाई १५ लाख अनुदान

दुग्द्य किसानलाई १५ लाख अनुदान

रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख...

ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलाली । गोदावरी नगरपालिका-१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक...

विद्युत् सेवाबाट ५७ वडा वञ्चित

विद्युत् सेवाबाट ५७ वडा वञ्चित

बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत्...

भारतले धौलीगङ्गा बाँध पुनः खोल्ने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

भारतले धौलीगङ्गा बाँध पुनः खोल्ने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

बैतडी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको...