back

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू

वि.सं.२०७९ फागुन १७ बुधवार

354 

shares
NTC AD

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारीको मनोनयन दर्ता भइसकेको र १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति दुुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ का अनुसार आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू भएको हो ।

राष्ट्रपति पदका लागि आठ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङले प्रतिष्प्रर्धा गर्नेछन् ।

क–कसलाई लाग्छ त आचारसंहिता ?
आयोगका अनुसार आजदेखि लागू हुने आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीहरु, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान, एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, संचार प्रतिष्ठान, सोका कर्मचारी तथा संचारकर्मी र मतदातामा लागू हुनेछ ।
आयोगले सम्बन्धीत सबैमा आचारसंहिताको पालना गर्न र स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्न तथा निर्वाचनको निष्पक्षतामा कही कतैबाट प्रश्न उठाउन नपाउने गरी काम गर्न समेत अपिल गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदाता रहेका छन् ।

 

 

वि.सं.२०७९ फागुन १७ बुधवार ०८:१४ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...