Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

यसरी ल्याउन सकिन्छ अनु्हारमा सुन्दरता



काठमाडौ । राम्री हुन कसलाई मन लाग्दैन र ? मानिसहरू सुन्दर बन्नका धेरै खर्च पनि गर्ने गर्छन् । साथै शारीरिक व्यायाम, खानपिनमा ध्यान दिनेदेखि लिएर अनेकौं प्रकारका औषधि तथा क्रिमहरूको पनि प्रयोग गर्ने गर्छन् । त्यसैले बजारमा मौसम र छालाको स्तरअनुसार लगाउने क्रिमहरू अलग–अलग रूपमा धेरैथरीका पाइन्छन् ।

आजकल सामाजिका सञ्जाल जस्तै टिकटक, फेसबुक, युटुव, इन्स्टाग्राम आदिको पहँुच र त्यसमा दिइने प्रत्यक्ष अप्रत्यक्ष विज्ञापनका कारण पनि सबैमा सुन्दर देखिने चाहना बढेको देखिन्छ । तर समय माथि कसैले लगाम लगाउन सक्तैन । उमेर बढ्दै जादा मानिसको छालामा विभिन्न खालका समस्याहरु समेत देखा पर्दै जान्छन् । उमेर बढ्दै जादा मानिसको स्ुन्दरतामा पनि ह्रास आउँछ । गर्मीको समयमा झन् धुलो, धुवा, घामले छालालाई निकै असर गरेको पाइन्छ । गर्मी महिनामा छालालाई यसरी हेरचाह गर्ने सकेमा आफ्नो सुन्दरतामा निखार ल्याउन सकिन्छ ।

अनुहार सफा राख्ने
चिल्लो अनुहार भएका व्यक्तिमा गर्र्मी महिनामा झन् बढी अनुहार चिल्लो हुने भएकाले आफ्नो अनुहार अनुसारको फेसवास, साबुनको प्रयोग गरेर दिनको दुईपटक अनुहार सफा गर्नुपर्दछ । बिहान र बेलुका अनुहार धँुदा छालामा देखिने विभिन्न खालका समस्या कम हुने र सुन्दरतामा निखारता ल्याउछ ।

धेरै मेकअप
हामी कहिलेकाँही पार्टी तथा विभिन्न कार्यक्रममा जाँदा अत्यन्तै मेकअप पनि गछौं । छालामा लेयरमाथि लेयर गरेर धेरै क्रिमहरु प्रयोग गर्दा छालामा अक्सिजन नपुग्दा छालाले सास फेर्न सक्ने क्षमतामा ह्रास आउँछ । धेरै मेकअप गर्नु भन्दा अगाडि छालामा टिन्टेड लिप बाम र टिन्टेड मोइस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ ।

पानी र फलफुलको जुस मनग्य पिउने
गर्मी महिनामा प्रसस्त पानी र जाडो महिनामा पानीको मात्रा पुग्ने गरी झोलिलो पदार्थको सेवन गर्नुपर्दछ । पानीको मात्रा मिलाएर पिउँदा शरीरमा भएका विषाक्तहरु बाहिर निकाल्न सहयोग गर्दछ । साथै गर्र्मी महिनामा पाउने ताजा फलफुलको जुस पिउँदा पनि छाला नरम र मुलायम बनाउँछ ।

सन्स क्रिमको प्रयोग
गर्मी महिनामा सन्स क्रिमको प्रयोग गर्दा घामको किरणबाट बच्न सकिन्छ । सूर्यको किरणबाट छालालाई बचाउनको लागि सनक्रिमको प्रयोग गर्न सकिन्छ । यदि छालामा समस्या देखिएको छ भने चिकित्सकको सल्लाहमा यस्ता क्रिमको प्रयोग गर्दा छालालाई बचाउन सकिन्छ ।

नियमित व्यायाम
नियमित व्यायाम गर्दा शरीरमा भएका विकारहरु पसिनाको मध्यमबाट बाहिर निस्कन्छन् । त्यसैले नियमित रुपमा व्यायाम गर्नुपर्दछ जस्ले गर्दा अनुहारको सुन्दरतालाई कायम राख्न सकिन्छ । व्यायामले सुन्दरतामा मात्र निखारता ल्याँदैन शरिरमा अन्य रोग लाग्नबाट समेत बचाउँछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम