back
CTIZAN AD

दुर्गम क्षेत्रका बालकालिकामा कुपोषणको समस्या

वि.सं.२०७९ फागुन १९ शुक्रवार

918 

shares

ओखलढुङ्गा । यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो ।

पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताइन् । यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ ।

“विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भने, “जङ्क फुडको प्रयोग बढ्दो छ, यसले कुपोषणको दर बढाएको हुन सक्छ, हामी यकीन तथ्याङ्क पनि लिन्छौँ र समाधानका लागि सरोकारवालालाई सुझाव दिन्छौँ ।” अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यका बारेमा ख्याल गर्नुपर्ने उनकोे भनाइ छ ।

कुपोषणका बिरामी बढेपछि जिल्ला अस्पतालले स्थानीय सरकारसँगको साझेदारीमा गाउँ–गाउँमा पुगेर कुपोषणको दर पत्ता लगाउँदै बच्ने उपायबारे सचेतना दिन सुरु गरेको छ । यसैबीच खिजिदेम्बा गाउँपालिकाका १३ बालबालिकामा कडा कुपोषण फेला परेको छ । जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँगाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।

खिजीदेम्बाका वडा नं १, २, ३, ६ र ९ मा पुगेर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताए । अन्य बालबालिकालाई मध्यम कुपोषण पाइएको गौतमको भनाइ छ । कडा कुपोषण फेला परेका बालबालिकालाई जिल्ला अस्पताल लगेर उपचार गरिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिए । मध्यमखालको कुपोषण भएका बालबालिकालाई बाल भिटा वितरण गर्दै पौष्टिक आहार खुवाउन सुझाव दिइएको छ ।

अधिकांश विपन्न परिवारका बालबालिकामा कडा तथा सामान्य कुपोषण देखिएको छ । उपचारका लागि रुम्जाटार लैजानुपर्ने बालबालिकालाई गाउँपालिकाको स्वास्थ्य शाखामार्फत यातायात खर्च व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७९ फागुन १९ शुक्रवार १५:२८ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...