back

सुसेली

वि.सं.२०७९ फागुन २० शनिवार

468 

shares
NTC AD

वासुदेव ठकुरी, काठमाडौं


उच्च हिमाल
हिमालको काखमा
हाम्रो नेपाल ।


हाँस्यो हिमाल
हाँसोभित्र मुस्कायो
प्यारो नेपाल ।


स्वच्छ प्रकृति
कति राम्रा पहरा
छाँगा छहरा।


माया बाँच्छ है
हामी सबै मिलेमा
धर्ती हाँस्छ है।


लाग्छ सुन्दर
आफ्नै पाखा पखेरा
सिङ्गो संसार ।


मीठो मुस्कान
चारैतिर छरियो
माया भरियो।


वर पिपल
छायामुनि रमाए
मनै शितल।


घाम छायामा
अडेको छ संसार
झुटो मायामा।


कस्तो अपार
प्रकृतिको नियम
झुटो संसार।

१०
घाम र पानी
प्रकृतिको देन हो
यो जिन्दगानी ।

वि.सं.२०७९ फागुन २० शनिवार ०९:१३ मा प्रकाशित

ADBL AD
कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...

लघुकथा : बुढो हड्डी

लघुकथा : बुढो हड्डी

बाबुकाजी सुवाल ’विकेश निराशी’ भक्तपुर एक महिनाअघि विदेशबाट फर्केको नाति...