back

नाइजेरियामा तेलको पाइपलाइन विस्फोट हुँदा १२ जनाको मृत्यु

वि.सं.२०७९ फागुन २० शनिवार

405 

shares
NTC AD

अबुजा । नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे–कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

अहिलेसम्म सो घटनामा कम्तिमा १२ जना जलेर मृत्यु भएको विश्वास गरिएको छ । यद्यपि पीडितको परिचय भने खुल्न सकेको छैन । यसैबीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँचवटा सवारीसाधन र चारवटा ट्राइसाइकल विस्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो ।

नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटना हुन् । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ फागुन २० शनिवार १८:२७ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...