back

साताकाे पहिलाे काराेबार दिनमै सेयर बजारमा पहिराे

वि.सं.२०७९ फागुन २१ आइतवार

423 

shares
NTC AD

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।

आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

वि.सं.२०७९ फागुन २१ आइतवार १७:१९ मा प्रकाशित

ADBL AD
धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित...

फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत...

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

टिकेन पुँजीबजारको उकालो यात्राः नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल...

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

नेप्से परिसूचकमा एक सय १४ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार...

४४.४५ अंकले बढ्यो नेप्से, तीन अर्ब बढीको कारोबार

४४.४५ अंकले बढ्यो नेप्से, तीन अर्ब बढीको कारोबार

काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दाहोरो...

ग्लोबल आइएमईको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

ग्लोबल आइएमईको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर...