रूपन्देही । बुटवलमा आफनै घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क बस्ने ६५ वर्षीय धनै मल्लाह आफ्नै एक तले घरको छतबाट खसेर आइतबार बिहान मृत्यु भएको हो ।
अचानक खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ फागुन २१ आइतवार १७:४६ मा प्रकाशित