
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
फाल्गुन १९ गते कम्पनी र क्यापिटलबीच भएको सम्झौता अनुसार सोही मितिबाट उक्त सम्झौता लागू हुने जनाइएको छ । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरिरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापनका साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।