काठमाडौं । बानेश्वरस्थित संसद भवनमा जारी राष्ट्रपति निर्वाचनमा मत दिएर फर्किएका एक सांसद लडेर घाईते भएका छन् ।
मतदान गरेर फर्किने क्रममा लडेर घाईते भएका मधेश प्रदेश सभा सदस्य ७१ वर्षीय गोविन्द प्रसाद न्यौपाने लडेर घाईते भएको बताइएको छ ।
सप्तरी ४ (१) बाट निर्वाचित न्यौपाने एकिृकत समाजवादी पार्टीका सांसद हुन् । लडेर टाउकोमा गम्भरि चोट लागेका उनको शिभिल अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने रक्तचाप बढेका कारण लडेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ फागुन २५ बिहीवार १४:२३ मा प्रकाशित