back

दर्ता गर्न आदेश दिने न्यायाधीशकै इजलासमा प्रचण्डविरुद्धको मुद्दाको पेसी

वि.सं.२०७९ फागुन २६ शुक्रवार

570 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको रिट न्यायाधिश खतिवडासहितको इजलासले दर्त गर्न आदेश दिएको थियो । रिट निवेदन दर्ता गर्न आदेश दिएका खतिवडाकै इजलासमा प्रचण्डविरुद्धको उक्त रिटको पेसी तोकिएको हो ।

यसअघि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको भएपनि इजलास नै नबस्दा सुनुवाइ हुन सकेको थिएन । श्रेष्ठको इजलासमा सुनुवाई नभएको पेसी न्यायाधीश खतिवडाको इजलासमा तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोेजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको जिम्मा आफुले लिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई आधार बनाई ज्ञानेन्द्रराज आरण र चिरञ्जीवीवास गिरीलगायतले बेग्लाबेग्लै रिट दाएर गरेका थिए ।

रिट निवेदनमा निवेदकका प्रचण्डलाई ज्यान मुद्दाको कसुरमा पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

वि.सं.२०७९ फागुन २६ शुक्रवार ११:३१ मा प्रकाशित

Himalayan Life AD
तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला

काठमाडौँ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई...

कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह

कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर...

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र...

यस्तो छ आजको नेपाली बजारमा लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको नेपाली बजारमा लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...