Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आर्थिक अभावको कारणले गर्दा क्यान्सर रोगी ताजपुरिया घरमै थलिए



झापा । गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिएका छन् ।

फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उनले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उनकी पत्नी कुलोमाया ताजपुरियाले बताइन् । जाँच गर्ने आर्थिक अभावकै कारण उनकोे क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन ।

“बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न सकेका छैनौँ”, उनले उपचारमा आर्थिक सहयोगको अपिल गर्दै भनिन्, “ऋणमाथि ऋण छ । भात खानै मुस्किल परिसक्यो, औषधीकाका लागि कहाँबाट पैसा जुटाउनु ?”

घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पु¥याउन उनकी पत्नी कुलोमायाले दातासँग अपिल गरेकी छन् ।

वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उनलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो ।

“उनकोे उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिन्छ, हामी चन्दा सहयोग जुटाउने प्रयास गरिरहेका छौँ”, वडाध्यक्ष भण्डारीले भने, “जायजेथा केही नभएकाले उनकोे परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना छैन ।”

ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

निर्धन लघुवित्तको गौरादह शाखा प्रमुख विवश घिमिरेले ताजपुरियाको घरमै पुगेर सहयोग हस्तान्तरण गर्दै आफ्ना समूह सदस्यभित्र कुनै समस्या परेका खण्डमा सानो रकम सहयोग पु¥याउने संस्थाको उद्देश्य रहेको बताए ।

ताजपुरिया परिवारको उपचारका लागि खर्च गर्ने कुनै स्रोत नभएको जनाउँदै वडाध्यक्ष भण्डारीले दाता र सङ्घसंस्थाबाट चन्दा उठाउनुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले पहल गरिरहेकोसमेत उनले जानकारी दिए । नगरपालिकाले ताजपुरियाको उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान एम्बुलेन्स दिने निर्णय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम