Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

केन्द्रमा छुट्टिँदा जिल्लामा मिले एमाले–माओवादी



काठमाडौं । राष्ट्रपति निर्वाचनसँगै अलग भएका एमाले र माओवादी केन्द्र विद्यार्थी निर्वाचनको विषयमा भने नजिकिएका छन् । केन्द्रकै औपचारिकरुपमै अलग भएकै बखत गुल्मीमा आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई केन्द्रीत गरी एमाले र माओवादी सहकार्यमा जोडिएका हुन् ।

गुल्मीमा दुवै पार्टीले स्ववियू निर्वाचनलाई मध्यनजर गरी सहकार्यको घोषणा गर्दै वाम सहकार्यको पनि सुरुवात गरेका छन् । बुधबार एमालेका जिल्ला सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका जिल्ला सचिव अशोक थापाले विद्यार्थी नेताहरुलाई राखेर पार्टीस्तरबाटै सहकार्यको घोषणा गरेका हुन् । आगामी स्ववियु निर्वाचनमा जिल्लाका सबै क्याम्पसमा संयुक्त प्यानल बनाई चुनाव लड्ने सहमति दुई दलबीच भएको छ ।

दुई पार्टीबीच क्याम्पसहरुको नेतृत्वको विषयमा पनि सहमति बनेको छ । जिल्लाका छ वटा क्याम्पसको नेतृत्व एमाले निकट अनेरास्ववियुले लिने र चार वटा क्याम्पसको नेतृत्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लिने सहमति भएको छ ।

यस्तै, अनेरास्ववियुले अध्यक्ष लिने क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीले सचिव लिने र अनेरास्ववियू क्रान्तिकारीले अध्यक्ष लिएको क्याम्पसमा अनेरास्ववियुले अध्यक्ष लिने सहमति भएको छ ।

विद्यार्थी तहबाटै पहलमा गठबन्धन वा तालमेल भएका उदाहरण भएपनि यो पार्टी तहबाटै भएको तालमेल हो । कतिपयले यसलाई राम्रो सुरुवातको रुपमा चर्चा गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम